नियम ४
सेवामा रहने समूह, श्रेणी र पद
(१) सेवामा कामको प्रकृति सो काम सम्पादन गर्न चाहिने न्यूनतम शैक्षिक योग्यता र कार्य विशिष्टता समेतको आधारमा सेवा भित्रको समान प्रकृतिका पदहरु समावेश भएका अनुसूची–१ बमोजिमका समूहहरु रहने छन्।
(२) सेवामा देहायका श्रेणीहरु रहने छन्ः–
राजपत्रांकित
(क) विशिष्ट श्रेणी,
(ख) प्रथम श्रेणी,
(ग) द्वितीय श्रेणी,
(घ) तृतीय श्रेणी ।
राजपत्र अनंकित
(क) प्रथम श्रेणी,
(ख) द्वितीय श्रेणी,
(ग) तृतीय श्रेणी,
(घ चतुर्थ श्रेणी ।
(३) सेवाको विशिष्ट श्रेणीमा नेपाल सरकारले तोके बमोजिम पदहरु रहन सक्नेछन्।
(४) विभिन्न समूहमा रहने श्रेणी र श्रेणी विहीन पदहरु अनुसूची– २ बमोजिम हुनेछन्।
(५) कुनै पनि समूहमा समूहिकृत नहुने पदहरु अनुसूची–२क. बमोजिम हुनेछन्।